नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
केहीबेरमा सुरु हुने खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। काठमाडौँका कप्तान करण केसीले टस जित्दै कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । यस खेलमार्फत अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएलमा डेब्यु गर्दैछन्। वार्नरको आगमनसँगै आजको खेलप्रति क्रिकेटप्रेमीको चासो बढेको छ ।
कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै काठमाडौँसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछ भने काठमाडौँले बलिङमार्फत विपक्षी टोलीलाई कम योगफलमा रोक्ने रणनीति लिएको छ ।