काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा स्वास्थ्य, महिला तथा बालबालिका लक्षित महत्वपूर्ण घोषणाहरू गरिएको छ ।
राष्ट्रपति पौडेलले सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रममा १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क गरिने जानकारी दिए । त्यस्तै, महिलाहरूमा देखिने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम ल्याइने र ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने प्रावधान पनि समावेश गरिएको छ ।
राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संसद्मा छलफलपछि कार्यान्वयनमा जाने छ ।