काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले भारतले पाकिस्तानमाथि सुरु गरेको ‘अपरेसन सिन्दूर’ नामक हवाई कारवाहीको समर्थन गरेको छ । वैशाख ९ गते जम्बु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको थियो ।
नेपाल समाजवादी पार्टीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारतको कारवाहीलाई आतङ्कवाद विरुद्धको अभियानको रूपमा समर्थन गरेको हो । “आतङ्कवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा आतङ्कवादविरुद्ध भारतले उठाएको कदम मानवता र सुरक्षाको दृष्टिले उचित छ,” विज्ञप्तिमा उल्लेख छ ।
नेसपाले आतङ्कवादलाई निस्तेज पार्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक भएको बताउँदै भारतको कारवाहीलाई ‘मानवताका पक्षमा सकारात्मक कदम’ को रूपमा व्याख्या गरेको छ ।
.jpg)