श्रीलङ्का । श्रीलङ्काको उत्तरी मध्य प्रान्तस्थित मादुरु ओया जलाशयमा शुक्रबार वायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ ।
वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेका अनुसार हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार थिए । दुर्घटनापछि घाइते अवस्थामा उद्धार गरिएका ६ सैनिकको उपचारका क्रममा ज्यान गएको हो । अन्य ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरू अस्पतालमा उपचाररत रहेको जानकारी दिइएको छ ।
दुर्घटना वायु सेनामा उत्तीर्ण भएकाहरूको स्वागत समारोहको अवसरमा गरिएको हवाई प्रदर्शनका क्रममा भएको हो । प्रारम्भमा सबै सवार सकुशल रहेको भनिए पनि पछिल्लो विवरण अनुसार ६ जनाको मृत्यु पुष्टि भएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको श्रीलङ्काली अधिकारीहरूले जनाएका छन् ।