प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका हुन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने समझदारी भएको छ । भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।