काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच केही दिनअघि सुरु भएको आक्रमणलाई रोक्न आफूले सुझाव दिएको बताएका छन् । लुम्बिनीमा आयोजित बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले युद्ध विस्तार हुन नदिन दुई देशलाई धन्यवादसमेत दिएका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार भारत–पाकिस्तानबीचको तनाव युद्धमा परिणत नहोस् भन्ने उद्देश्यले नेपालले सुरुदेखि नै संयमता र वार्ताको आग्रह गरेको थियो ।
उनले भने, “हाम्रो छिमेकमा हात हालाहाल त भयो तर बढ्न दिएनन्, हामीले पनि आग्रह गर्यौं। युद्ध नहोस् भन्ने कामना गर्यौं। उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता जनाउनुभयो, त्यसका लागि धन्यवाद छ ।”
भारत–पाकिस्तान तनावको सन्दर्भमा प्रधानमन्त्रीको यो भनाइ क्षेत्रीय शान्तिका लागि नेपालले खेलेको कूटनीतिक भूमिकाको संकेतका रूपमा लिइएको छ ।