काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएकी पोख्रेलले एक व्यक्तिबाट दुई लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पोख्रेललाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ ।