राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा सार्वजनिक गरिएको लिखित आदेशमा 'फैसला' भनेर उल्लेख गरिएको त्रुटि सर्वोच्च अदालतले सच्याएको छ ।
सर्वोच्च अदालतले 'आदेश' उल्लेख हुनुपर्ने स्थानमा गल्तीले 'फैसला' लेखिएको भन्दै सो त्रुटि औपचारिक रूपमा सच्याएको हो । शुक्रबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासबाट भएको उक्त आदेशमा आइतबार त्रुटि सच्याउने प्रक्रिया सम्पन्न गरिएको हो ।
उक्त त्रुटि सच्याउने कार्यका लागि पुनः न्यायाधीशद्वयकै इजलासमा आइतबार पेसी तोकिएको थियो । अदालतले लिखित आदेश सार्वजनिक गर्नुअघि वा पछि भएका यस्ता त्रुटिहरू प्राविधिक विषयको रूपमा सच्याउने प्रक्रिया अपनाउने गर्दछ ।