आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
यो खेल नेपालका लागि श्रृङ्खलाको अन्तिम खेल हुनेछ। यसअघि नेपालले तीन खेल खेल्दै चार अङ्क जोडेको छ ।
नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो ।
हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुबै टिमले समान तीन–तीन जित दर्ता गरेका छन्। कुल ६ खेलमध्ये ३ नेपाल र ३ नेदरल्यान्ड्सले जितेका छन् ।
अहिलेको अंक तालिकामा नेदरल्यान्ड्स २२ खेलमा १२ जित, ८ हार र २ नतिजाविहीन खेलसहित २६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ। नेपालले भने १५ खेलमा ४ जित, ९ हार र २ खेलमा अंक बाँड्दै जम्मा १० अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।