धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले विदेशी ऋणमार्फत खानेपानी आयोजना निर्माण गर्न नहुने स्पष्ट मत दिँदै खानेपानी मन्त्रीलाई औपचारिक पत्र पठाएका छन् ।
उक्त पत्रमार्फत मेयर राईले विदेशी लोनले नगरपालिकामाथि दीर्घकालीन आर्थिक बोझ पर्ने भएकाले वैकल्पिक स्रोतबाट आयोजना सञ्चालन गर्न सुझाव दिएका छन्। धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानिय जनप्रतिनिधि र जनताको सहभागिता झल्किने ढाँचामा योजना अघि बढाइनुपर्ने मेयर राईको तर्क छ ।
खानेपानी मन्त्रालयले हालै धरानको खानेपानी सुधारका लागि वैदेशिक ऋण सहयोगमा आधारित परियोजना प्रस्ताव गरेको थियो। सो परियोजनामा असहमति जनाउँदै मेयर राईको यो हस्तक्षेप आएको हो ।