स्पेनको राजधानी म्याड्रिडस्थित विश्वविख्यात फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज विशेष भ्रमण गरिएको छ ।
भ्रमणका क्रममा क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलसँग आत्मीय भेटघाट र संवाद पनि भएको थियो।रंगशालाको ऐतिहासिकता, पूर्वाधार, र क्लबको समग्र व्यवस्थापनबारे निर्देशक मिगेलले जानकारी गराएका थिए । आधुनिक प्रविधिले सुसज्जित बर्नाबाउ रंगशाला विश्व फुटबलको एक महत्त्वपूर्ण स्थलका रूपमा चिनिन्छ। भ्रमणकर्ताहरूले रंगशालाको संग्रहालय, ट्रफी कक्ष, खेलाडी तयारी कोठा, र मैदानको अवलोकन गरेका थिए ।
रियल मेड्रिड क्लबको फुटबल इतिहास, विश्वभरको लोकप्रियता, र खेल व्यवस्थापनको भव्यता प्रत्यक्ष अनुभूति गर्न पाउनु दुर्लभ अवसर रहेको सहभागीहरूको भनाइ छ ।