नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तय समयभन्दा ढिलो गरि बस्ने भएको छ । सोमबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक आज ३ः३० बजे सुरु हुने गरी सारिएको पार्टी स्रोतले जानकारी दिएको छ ।
असार १६ गतेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले आ–आफ्ना धारणा राखिसकेका छन् । बैठकको अन्तिम दिन भनिएको आज सभापति शेरबहादुर देउवा, उपसभापति दुजाङ शेर्पा, पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालगायत पाँच शीर्ष नेताले धारणा राख्ने कार्यक्रम रहेको छ ।
बैठकमा पार्टीको हालको अवस्था, आगामी रणनीति, संगठन सुदृढीकरण तथा सरकारसँगको सम्बन्ध लगायत विषयमा निर्णय लिने तयारी भएको स्रोतको भनाइ छ । बैठक सकिएपछि आधिकारिक निर्णय सार्वजनिक गरिनेछ ।