देशभर अहिले सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाले जारी गरेको विवरणअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई भूभागमा सक्रिय छ । यसको प्रभावले गर्दा देशका पहाडी भूभागमा अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहनुका साथै अन्य भागहरूमा सामान्य बदलीको अवस्था रहेको छ ।
दिउँसोको मौसम
आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अधिकांश स्थानमा बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी क्षेत्र, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिको मौसम
- आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
- कोशी र मधेस प्रदेशका केही स्थानहरूमा,
- बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा,
- अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
सतर्क रहन आग्रह
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भिडियाे सामाग्री