काठमाडौं | भारतको राजधानी नयाँ दिल्लीबाट गैरकानुनी रूपमा पुर्याइएका ४० जना नेपाली नागरिकको उद्धार गरिएको छ । उनीहरूलाई वैदेशिक रोजगारीका लागि खाडी मुलुक लैजाने बहानामा दिल्लीसम्म लगिएको थियो ।
उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी अरेबिया, ओमान र दुबई पठाउने तयारी गरिएको अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीका नाममा मानव तस्करीको सिकार बनेका ती नेपालीलाई भारतस्थित नेपाली राजदूतावासको समन्वयमा र भारतीय प्रहरीले प्रदान गरेको सहयोगमा ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेको हो ।
हाल उनीहरूको संरक्षणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।