जुम्ला जिल्लाको हिमा गाउँपालिका–७ बागबजारस्थित नाग्मा–गमगडी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यातायात सञ्चालनमा समस्या भएपछि नेपाल प्रहरीले स्थानीय नागरिकहरूसँग समन्वय गर्दै सवारी आवागमन सुचारु गराउन पहिरो हटाउने कार्य सुरु गरेको छ । सडक अवरुद्ध भएपछि यात्रु र स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ । पहिरो पन्छ्याउने काममा प्रहरी टोली सक्रिय रहँदै स्थानीयको सहयोगमा सडक सफा गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।