संघीय संसद् राष्ट्रियसभाको बैठक आज बिहान ११:४५ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ । त्यसका साथै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्नेछन् । आजै पाँचवटा संसदीय समितिहरूको बैठक पनि बस्ने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल हुनेछ ।
उद्योग, वाणिज्य तथा श्रम समितिमा भने ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
भिडियाे सामाग्री