काठमाडौँ । मनोहरास्थित सुकुम्बासी बस्तीमा नयाँ बनेका अवैध संरचना काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । शुक्रबार बिहान नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले काठमाडौँ–भक्तपुर सीमाना नजिक मनोहरा खोलाको किनारमा रहेका संरचना हटाएको हो ।
सुरक्षाको लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती बस्न नपाइने भएकाले संरचना भत्काइएको महानगरले जनाएको छ। मनोहरा काठमाडौं महानगरपालिका–३२ मा पर्छ। खोलाको बहाव परिवर्तनका कारण केही क्षेत्र भक्तपुरतर्फ देखिए पनि कानुनी रूपमा मनोहरा काठमाडौँमै पर्ने महानगरले जनाएको छ ।




भिडियाे सामाग्री