मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (शनिबार) दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । बाँकी तराई भू–भागका एक–दुई स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने आंशिक बदली रहनेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई क्षेत्रसहित अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भिडियाे सामाग्री