अस्ट्रेलिया | टी–२० विश्वकप छनोटको तयारी अभ्यास स्वरूप अस्ट्रेलियामा क्रिकेट खेलिरहेको नेपाली राष्ट्रिय टोलीले लगातार दोस्रो हार व्यहारेको छ । शनिबार डर्बिनमा भएको खेलमा नेपालले बांग्लादेश ‘ए’लाई हराउन सकेन ।
टस जितेर पहिले ब्याटिङ रोजेको बांग्लादेशी टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । टोलीका लागि जिशन आलमले ७३ र अफिफ आलमले ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए। बलिङमा नेपालका रिजन ढकालले दुई विकेट लिएका थिए भने करन केसी, सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट लिए ।
१८७ रनको लक्ष्य पछ्याएको नेपाली टोलीका ब्याटर सुरुदेखि टिक्न नसके । कुशल भुर्तेल १२, आशिफ शेख २८, लोकेश बम १६, कप्तान रोहित पौडेल १०, दीपेन्द्रसिंह ऐरी १, गुल्शन झा शून्य रनमै आउट भए ।
केवल कुशल मल्ल अन्तिमसम्म टिके र ४७ बलमा ५९ रन बनाए। उनलाई नन्दन यादवले १४ रनको साथ दिए। नेपाल सात विकेट गुमाएर १५४ रनमा समेटियो ।
यसअघि नेपाली टोली अस्ट्रेलियाको नर्दन टेरिटोरीसँग भएको खेलमा ४३ रनले पराजित भएको थियो। नेपाल अस्ट्रेलियामा अभ्यास स्वरूप टप–एन्ड टी–२० सिरिज खेलिरहेको छ ।
भिडियाे सामाग्री