ताप्लेजुङ | मधेस प्रदेशको सिराहास्थित सलहेस फुटबल क्लबले तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि हात पारेको छ । साउन ३१ गते शनिबार भएको फाइनल खेलमा सलहेसले ललितपुरको चर्च ब्वाइज फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
गत संस्करणको उपविजेता बनेको सलहेसले यस पटक उपाधिसहित नगद सात लाख दुई हजार ८२ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले भने तीन लाख ५० हजार दुई रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ ।
उपाधि भिडन्तमा सलहेसले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । टोलीका लागि युसुफ मल्लिकले पहिलो गोल गर्दा, सुनिल खड्काले दोस्रो गोल गर्दै जित पक्का गरेका थिए ।
भिडियाे सामाग्री