काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्ष दशैं–तिहारका लागि सार्वजनिक यातायातको भाडा नबढ्ने जनाएको छ ।
आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने कुनै योजना नरहेको स्पष्ट पारे । उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, घटे घटाउने अटोमेसन सिस्टम हाम्रोमा छ । यसपटक दशैं–तिहारमा भाडा बढाउने योजना छैन ।’
मन्त्री दाहालले व्यवसायीहरूले चाडपर्वको अवसरमा यात्रुको चहलपहल बढी हुने मौका पारेर भाडा बढाउने प्रवृत्ति रोक्न पहल गरिएको बताए । साथै, समितिमा उनले मन्त्रालयको मातहतमा रहेका सडकहरू प्रदेश सरकारको निर्णयअनुसार प्रदेशलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले समितिमा बोल्दै पहिरोका विषयमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दै यसबारे गम्भीर बन्न सरकारसँग आग्रह गरे ।
भिडियाे सामाग्री