काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न सबै सवारीधनीलाई अनुरोध गरेको छ ।
विभागले आज जारी गरेको सूचनामा असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने जानकारी गराइएको छ ।
गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णयअनुसार, सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय गरेको थियो ।
यसअनुसार सबै सवारीधनीहरूले सम्बन्धित यातायात कार्यालयमा गई High Security Embossed Number Plate जडान गर्नुपर्नेछ । विभागले सूचनामार्फत सबैलाई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, “सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयमा गई High Security Embossed Number Plate जडान गर्नु हुन यो सूचना मार्फत जानकारी गराइन्छ ।”
भिडियाे सामाग्री