काठमाडौं | संयुक्त विद्यार्थी संगठनले नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्न भारत र चीनबीच भएको सहमतिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । शनिबार उनीहरूले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया–चाइना’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर जोरदार नाराबाजी गरेका थिए । उनीहरूले लिपुलेकमार्फत हुने भारतीय र चिनियाँ ‘अतिक्रमणकारी षड्यन्त्र’ तत्काल रोक्नुपर्ने माग राखेका छन् ।
आयोजक विद्यार्थी संगठनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनैपनि कदम सहन नसकिने पनि स्पष्ट पारेका छन् ।
चीन र भारतबीचको सहमति नेपालमा राजनीतिक र सामाजिक तहबाट तीव्र रूपमा विरोध भइरहेको छ। संसद् र सडकमा विरोधका कार्यक्रमहरू लगातार जारी छन् ।
भिडियाे सामाग्री