खानालाई सन्तुलित राख्न प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु आवश्यक हुन्छ । भिटामिनको उत्कृष्ट स्रोतका रूपमा गाजरलाई विशेष स्थान दिइएको छ । गाजरमा केवल स्वाद मात्र होइन, स्वास्थ्यका लागि अति आवश्यक पोषक तत्व पनि पाइन्छ ।
प्रत्येक वर्ष अप्रिल ४ मा अन्तर्राष्ट्रिय गाजर दिवस मनाइन्छ । यस दिवसको उद्देश्य मानिसलाई गाजर खान प्रोत्साहित गर्ने र स्वास्थ्य लाभबारे सचेत गराउने हो । सन् २००३ मा सुरु भएको यो दिवस पछि फ्रान्स, इटाली, स्वीडेन, अस्ट्रेलिया, बेलायत, अमेरिका र जापानमा मनाउन थालियो। सन् २०१२ देखि यसलाई अन्तर्राष्ट्रिय स्तरमै मनाउन थालिएको हो । यस दिन विभिन्न देशहरूमा गाजर पार्टी र सचेतना कार्यक्रमहरू आयोजना गरिन्छ ।
गाजर खानुका प्रमुख फाइदाहरूः
आँखाको स्वास्थ्य : गाजरमा पाइने भिटामिन ए, बिटा क्यारोटिन, ल्युटिन र जेक्सान्थिनले आँखाको दृष्टि मजबुत बनाउँछ र रातो अन्धोपन रोक्छ ।
पाचन सुधार : उच्च फाइबरका कारण कब्जियत हट्छ र आन्द्राको स्वास्थ्य राम्रो हुन्छ ।
छालाको स्वास्थ्य : छालालाई हाइड्रेट राख्छ, कोलाजेन उत्पादन बढाउँछ र छालामा चमक ल्याउँछ ।
तौल व्यवस्थापन : लामो समयसम्म पेट भरिएको महसुस गराउँछ, जसले तौल नियन्त्रणमा मद्दत गर्छ ।
मौखिक स्वास्थ्य : रयाल (saliva) बढाउँछ, ब्याक्टेरिया हटाउँछ र दाँतलाई स्वस्थ राख्छ ।
मुटु स्वास्थ्य : पोटासियमले रक्तचाप नियन्त्रण गर्छ, एन्टिअक्सिडेन्टले मुटुलाई सुरक्षित राख्छ ।
शरीर डिटोक्स : टक्सिन बाहिर निकाल्न सहयोगी हुन्छ ।
मस्तिष्क स्वास्थ्य : भिटामिन के को स्रोत भएकाले मस्तिष्कको कार्यक्षमता सुधार गर्छ ।
अक्सिडेटिभ तनाव कम : एन्टिअक्सिडेन्टले शरीरलाई रोग प्रतिरोधात्मक बनाउन मद्दत गर्छ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार दैनिक रूपमा गाजर खानु शरीरलाई पोषण दिने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता बढाउने सहज उपाय हो ।