काठमाडौं | उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँ दरले भुक्तानी गर्न माग गर्दै आजदेखि माइतीघर मण्डलामा आन्दोलन सुरु गरेको छ ।
किसानहरूले उखु नै बोकेर सडकमा धर्ना बसेका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने बताए ।
अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन् ।





भिडियाे सामाग्री