पर्सामा नेताहरूको घर तथा सरकारी कार्यालय जलाउने विरुद्ध तत्काल मुद्दा मामिला तथा कार्वाही अगाडि नबढाउने केन्द्रले छानविन समिति गठन गर्दा त्यसमा सघाउने निर्णय भएको छ ।
भदौँ २४ गते काठमाडौँ सहित देशभर भएको तोडफोडले खर्बौ क्षति भएको छ । जेन जी आन्दोलनको मौका छोपेर देशका विभिन्न स्थानमा कतिपयले आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेको भन्दै विभिन्न समाचारहरू बाहिरिन थालेका छन् । यसै क्रममा पर्सामा नेताहरूको घर जलाउने विरुद्ध तत्काल कार्वाही अगाडि नबढाउने केन्द्रले छानविन समिति गठन गरे त्यसमा सघाउने गरी जनताको सेवामा लाग्ने महानगर जनप्रतिनिधि तथा सुरक्षा समिति बैठकले निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा मङ्गलबार बसेको बैठकले आवश्यक टेबल, कुर्सी, कम्प्युटर लगायतको सामाग्री व्यवस्थापन गरेर सरकारी कार्यालयबाट दिइने सेवा तत्काल सुरु गर्ने निर्णय गरेको हो । आन्दोलनमा रिसबि साध्ने वा तोडफोड योजनामा संलग्नको प्रमाण सङ्कलन गरिरहने निर्णय भएको हो । तर तत्काल मुद्दा मामिला तथा कार्वाही प्रकृयामा गइनै हाल्ने कुनै निर्णय नभएकाे बैठकमा सहभागि एक प्रतिनिधिले वीरगंज सिटीलाई बताए । जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनले क्रममा पर्साका तीनजना पूर्व मन्त्री, मुख्यमन्त्री, मेयर सहित आधा दर्जन नेताहरूको घर पुर्ण जलाई दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा क्षेत्र नम्बर १, २, र ३ का सांसद तथा पुर्व मन्त्री, वीरगंज महानगरका मेयर, मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लगायतको घर जलाएर पुर्ण रुपमा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा पुर्व खानेपानी मन्त्री प्रदीप यादवको राधेमाईस्थित घर, पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा कानुनमन्त्री अजयकुमार चौरसियाको रानीघाट स्थित घर, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा पुर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको रानीघाटस्थित घर त्यसैगरी मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको तेजारथ टोल स्थित घर र संविधान सभा सदस्य अनिल रुंगटाको पावरहाउसस्थित घर पुर्ण रुपमा जलाई दिएका छन् । यसैगरी मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्रीको घरमा आंशिक रुपमा ढुङ्गामुढा गरेको प्रहरीले वीरगंज सिटी बताए ।
जेन जी आन्दोलनको नाममा रिसबि साधन पदमा रहेका मन्त्री, सांसदको घर छानी छानी आगजानी गरेको पुर्व खानेपानी मन्त्री प्रदीप यादवले यसअघि आरोप लगाएका छन् । पर्सा हाक्न सक्ने क्षमता भएका यी नेताहरु मध्ये तीनजना संघिय सरकारका मन्त्री हुन् । भदौँ २३ गते काठमाडौँमा भएको जेन जीको प्रदर्शनपछि नेपाल सरकारले १९ जना युवाको गोलि मारी हत्या गरिदिएको थियो । त्यसैको आक्रोश देशभर बढेको थियो । फलस्वरुप सरकारमा रहेका भ्रष्टाचार गरी ठुलठुला महल बनाएकाहरुको निशाना गरिएको कतिपयको दाबी छ ।
यसैगरी आन्दोलनले आशिंक रुपमा पुर्व प्रदेश मन्त्री जनार्धन सिंह क्षेत्रीको घरमा आंशिक रुपमा ढुङ्गामुढा गरेका छन् । यसैगरी सरकारी कार्यालय तर्फ वीरगंज महानगरपालिकाको कार्यालय, वडा नम्बर १० को वडा कार्यालय, वडा नम्बर २६, वडा नम्बर १४ को वडा कार्यालय र जिराभवानी गाउँपालिकाको कार्यालयमा आशिंक क्षति भएको छ । त्यसैगरी प्रदर्शनकारीले उच्च अदालतको मोटरसाइकल निकालेर जलाएका छन् । भने, रानीघाटस्थित नेकपा एमालेको पार्टी कार्यालय र नेपाली कांग्रेस लगायतको पार्टी कार्यालय पुर्ण रुपमा क्षति भएको छ ।
यससँगै प्रहरीको ५ वटा पोस्टमा आगजानी गरिएको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्राले जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार काठमाडौँमा भएको २३ गतेको प्रदर्शनको भोलिपल्ट भदौ २४ गतेको आन्दोलनका क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’ मा तोडफोड तथा आगजनी गरिएको थियो । त्यस्तै, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा समेत आगजनी तथा क्षति भएको थियो ।
बैठकमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तयाज आलम, महानगरका सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेनाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
समाचारमा महानगर जनप्रतिनिधि तथा सुरक्षा समिति बैठक हुनुपर्नेमा सर्वदलिय बैठक हुन गएकाेमा सच्चयाइएकाे छ । : सम्पादक
भिडियाे सामाग्रीहरू