नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर दुई लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ६ सय ५० रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।