प्रधानमन्त्री सुशीला कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
सो भेटवार्ता सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न भएको हो ।
प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार भेटवार्तामा मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र त्यससँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको थियो ।
केही दिनअघि भएको जेन–जी आन्दोलनपछि नेपाली सेनाको पहलमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । त्यसयता सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निरन्तर संवाद भइरहेको स्रोतले जनाएको छ ।