गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ । आयोगलाई क्षतिको विवरणसँग सम्बन्धित सूचना वा निवेदन संकलन, विश्लेषण गर्ने तथा कारबाहीका लागि आवश्यक राय दिने कार्यादेश दिइएको छ । यसैअनुसार आयोगले प्रारम्भिक कार्य अघि बढाएको जनाएको छ ।
सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा तत्काल सरकारले नियमित संयन्त्रमार्फत कारबाही नगर्ने तर गैरकानुनी गतिविधि भए वा हुने अवस्थामा कानुनअनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् ।