भारत–नेपाल सीमा नाकाबाट एक नाइजेरियन नागरिक पक्राउ परेका छन् । नेपालतर्फबाट भारत प्रवेश गर्ने प्रयास गरेका ती नागरिकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो ।
रक्सौल आव्रजन विभागका अनुसार शंका लागेपछि आवश्यक कागजात जाँच्दा उनको पासपोर्ट नक्कली भएको प्रमाणित भएको छ । कडा चेकजाँचका क्रममा फर्जी पासपोर्ट फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
हाल ती नाइजेरियन नागरिकविरुद्ध कानुनअनुसार आवश्यक कारबाही भइरहेको आव्रजन विभागले जनाएको छ ।