सप्तकोशी नदीमा यो वर्षकै उच्च पानीको बहाब भएको छ ।
कोशी ब्यारेजमा गरिएको पछिल्लो मापन अनुसार, कोशीमा प्रति सेकेन्ड ३ लाख ३५ हजार ३६० क्यूसेक पानी बग्न थालेको हो ।
आज बिहान ८ बजे गरिएको मापन अनुसार नदीको सतह निरन्तर बढ्दो अवस्थामा रहेको छ । अहिले कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपि, पानीको बहाब बढेपनि नदी तटीय क्षेत्रमा कटान भने अहिलेसम्म नदेखिएको प्रहरीको भनाइ छ ।
भूलसुधारः यसअघि समाचारमा ५२ ढोका भनेर उल्लेख गरिएकोमा सच्याइएको छ ।