राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल आज महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ कि राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ र अवस्था सामान्य छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले भने,
“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ ।”