नारायणी अस्पताल वीरगञ्जको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पुनः डा. चित्तरञ्जन साहलाई दिइएको छ ।
पूर्व मेसु डा. चुमन लाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएपछि अस्पतालको प्रशासनिक नेतृत्वको जिम्मेवारी डा. साहलाई सुम्पिएको हो । डा. साह यसअघि पनि यही पदमा रहेर अस्पतालको सञ्चालन र सेवा सुधारमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । पुनः जिम्मेवारी पाएका उनले अस्पतालको सेवा–प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
नारायणी अस्पताल प्रदेश २ (मधेस प्रदेश) अन्तर्गतको प्रमुख स्वास्थ्य संस्था हो, जहाँ दैनिक सयौं बिरामीले उपचार सेवा लिने गर्दछन् ।