नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आजको प्रतिस्पर्धात्मक खेलमा विराटनगर किंग्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य अघि सारेको छ ।
टस जित्दै फिल्डिङ रोजेको जनकपुरलाई विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रनको योगफल दिएको हो । ब्याटिङतर्फ विराटनगरका शुभम रञ्जन आजको खेलका प्रमुख आकर्षण बने । भारतीय मूलका अमेरिकी खेलाडी रञ्जनले २९ बलमा ३७ रनको उत्कृष्ट योगदान दिए। उनका दुई चौका र दुई छक्का मिसिएका प्रहारहरूले टिमलाई सम्मानजनक स्कोर बनाउन मद्दत पुगेको हो ।
बसिर अहमदले पनि संयमित ब्याटिङ प्रदर्शन गर्दै ३६ रन जोडे। उनका तीन छक्काले इन्निङ्स थप सुदृढ बनेको थियो। ओपनर लोकेश बमले २८ रन र जर्ज मुन्सीले १० रन जोड्दा स्टार खेलाडी मार्टिन गुपटिल भने १३ रनमै पवेलियन फर्किन बाध्य भए ।
बलिङतर्फ विराटनगरले प्रभावशाली प्रदर्शन प्रस्तुत गर्यो । संगित कोरीले २६ रन खर्चेर दुई विकेट लिए भने रुपेश सिंहले १२ रनमा दुई विकेट झारे । आदित्य महताले पनि १६ रनमा एक विकेट हात पारे । अब जनकपुर बोल्ट्स १३६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रने तयारीमा छ ।
खेलको नतिजा जनकपुरको ब्याटिङ प्रदर्शनमा निर्भर रहने देखिन्छ ।