काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णय अनुसार निर्वाचनमा सुरक्षा सुनिश्चित गर्न सेना परिचालन गर्ने अनुमति प्रदान गरिएको हो । यसअन्तर्गत आवश्यक सुरक्षा व्यवस्थाका लागि सेना निर्वाचनस्थलमा परिचालन हुनेछन् ।
राष्ट्रपति र सरकारको यो निर्णयले आगामी प्रतिनिधिसभा निर्वाचनको शान्तिपूर्ण वातावरणमा सञ्चालन सुनिश्चित गर्ने विश्वास गरिएको छ ।
