सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका ८ वटा निर्णय यस्ता छन्:
-
राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय ।
-
समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय ।
-
जेनजी (जननी) सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय ।
-
नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयू) स्वीकृत गर्ने निर्णय ।
-
नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय ।
-
पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय ।
-
वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय ।
-
नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय ।
सञ्चारमन्त्री खरेलका अनुसार यी निर्णयहरूले सरकारी कार्य प्रणालीलाई अझ प्रभावकारी बनाउने र सम्बन्धित निकायको क्षमता वृद्धि गर्ने विश्वास गरिएको छ ।