प्रधानमन्त्री कप पुरुष प्रादेशिक छनोट प्रतियोगिता–२०८२ का लागि बारा जिल्ला क्रिकेट टोलीको छनोट प्रक्रिया सुरु गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को पत्रअनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न जिल्ला क्रिकेट संघ बाराले खेलाडी दर्ता आह्वान गरेको छ ।
जिल्ला क्रिकेट संघ बाराद्वारा जारी सूचनाअनुसार इच्छुक खेलाडीहरूले संलग्न गरिएको दर्ता फारम तोकिएको स्थानमा बुझाउनुपर्नेछ । दर्ता फारमसँगै खेलाडीले आफ्नो नागरिकता, पासपोर्ट वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ ।
खेलाडी दर्ता गराउने अन्तिम म्याद पुस २७ गते बेलुका ३ बजेसम्म तोकिएको छ । दर्ता शुल्क रु २ सय निर्धारण गरिएको छ ।
संघका अनुसार १५ वर्ष मुनिका खेलाडीलाई छनोट प्रक्रियामा सहभागी गराइने छैन । दर्ता फारम म. सबिर (लक्की टेन्ट हाउस) मा बुझाउनुपर्ने जनाइएको छ ।
थप जानकारीका लागि ९८४५०५८८२९ र ९८०९२९३०८६ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला क्रिकेट संघ बाराले जनाएको छ ।