काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपा नेता बालेन्द्र शाहले भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष लिखित बयान बुझाएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान दिएका हुन् ।
शाहले ७ पुसमा आयोग पुगेर बयान दिएका थिए । आयोगले भदौ २३ र २४ गतेको घटनामा सम्बन्धित व्यक्ति र घटनाक्रमबारे छानबिन गर्दै उनलाई बोलाएको थियो । सोधपुछको क्रममा उनीसँग करिब दुई घन्टा प्रश्न–उत्तर गरिएको थियो ।
आयोगले शाहलाई २३ गतेदेखि २४ गतेसम्मका घटनाक्रम, त्यतिबेला उनी कहाँ हुनुहुन्थ्यो, सामाजिक सञ्जालमा भएका गतिविधि तथा प्रतिक्रिया, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्थापन, र दमकल समयमा नपुगेको गुनासोबारे प्रश्न सोधेको थियो ।
तर आयोगले शाहले सोधिएका प्रश्नको जवाफ खुलाउन नमिल्ने भन्दै सार्वजनिक नगर्ने निर्णय गरेको छ ।