राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्ष पदमा ७ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्ष पदका लागि १३ जनाले आवेदन दिएका थिए। सिफारिस समितिले कार्यअनुभव र शैक्षिक योग्यताको मूल्यांकन गरी ७ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक गरेको हो ।
संक्षिप्त सूचीमा परेका उम्मेदवारहरू यस प्रकार छन्:
मोरङ: जगत कृष्ण पोखरेल
दाङ: राजेन्द्रकुमार पोखरेल
अर्घाखाँची: बावुराम खनाल
तनहुँ: रामचन्द्र पाण्डे
ललितपुर: कृष्णप्रसाद आचार्य
स्याङजा: राजेन्द्रप्रसाद चापागाईं
सिफारिस समितिका अनुसार, उम्मेदवारहरूको अवधारणा पत्र, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता माघ ८ गते हुने छ ।
सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्न लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिफारिस समिति गठन गरेको हो ।
यो प्रक्रिया अध्यक्ष महाश्रम शर्माको चार वर्षे कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले सुरु गरेको हो। समितिमा पूर्वसचिव देवकुमारी गुरागाईं र त्रिविका प्राध्यापक रामेश्वर अधिकारी सदस्य रहेका छन् ।
सिफारिस समितिले अवधारणा पत्र, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकन पश्चात् योग्य उम्मेदवारको नाम सरकारमा सिफारिस गर्नेछ ।