वीरगंजकाे रामनगरस्थित गुगल एकेडेमीले कक्षा पी.जी. देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको सहभागितामा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यालयका प्रधानाध्यापक नरेश राउत कुर्मीको अध्यक्षतामा आयोजित कार्यक्रमका वीरगञ्ज महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष विजय प्रसाद कुर्मीले यस्ता खेलकुद गतिविधिले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता रचनात्मक खेलकुद कार्यक्रम समय–समयमा आयोजना गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा समाजसेवी रामानन्द पटेल, वीरगञ्ज महानगरपालिकाका जनसम्पर्क सल्लाहकार तथा प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रलगायतको उपस्थिति रहेको थियो ।
खेलकुद प्रतियोगितामा निर्णायकको भूमिकामा श्रीजंग ब्यारेक, श्रीपुरका उपसेनानी दिपेश अधिकारी तथा जमादार कमल प्रसाद अधिकारी रहेका थिए । वृहद् रूपमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विधाका ५० वटा खेलकुद, मार्चपास तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा एनप्याब्सन वीरगञ्ज नगर समितिका अध्यक्ष जियालाल गुप्ता, रिपोर्टर्स क्लब पर्साका कन्हैया गुप्तालगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन आदित्य कलवार र प्रेरणा श्रीवास्तवले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका शिक्षक एस.के. लामाले व्यक्त गरेका थिए ।