वीरगंज । भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागी नेपाल भारत सिमासंग जोडिएको नाका तीनदिनका लागी बन्द रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
मित्र राष्ट्र भारतको निर्वाचनलाई लक्ष्ति गर्दै फेब्रेअरी १७ मा बसेको वीडीसीसी बैठकमा भएको निर्णायअनुसार निर्वाचन हुनु ४८ घण्टा अगावै सिमानाका बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भिष्म कुमार भुषालद्वारा जारी पत्रमा जनाएको छ । पत्र अनुसार पर्सा जिल्लाका सिमानाकाहरु जेष्ठ १० गते विहिबार, ११ गते शुक्रबार र शनिवार बेलुकी ६ बजेसम्म बन्द रहने भनिएको छ ।
मित्र राष्ट्र भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा यहि जेष्ठ १२ गते शनिवारका दिन निर्वाचण हुदैँछ ।