शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
लेख/विचार
  • गृहपृष्ठ
  • लेख/विचार
  • स्रष्टाहरू सिर्जना मात्र गर्दैनन्
स्रष्टाहरू सिर्जना मात्र गर्दैनन्
गोपीनाथ मैनाली
गोपीनाथ मैनाली बिहीबार, जेठ १०, २०८१
A1 Beakery Add A1 Beakery Add

चर्चाका लागि सिर्जना गर्नेहरू सत्यबाट टाढै रहन्छन्, तर बौद्धिक स्रष्टा शासन र समाजको विकृति विरुद्ध जस्तोसुकै परिवेशमा पनि लड्ने सामर्थ्य राख्छन् ।

पाठकमा स्वतन्त्रताको भोक जगाउने खुराक हो, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले प्रकाशन गरेको विचारसंग्रह विन्ड्स अफ फ्रीडम। वाक्लाब हाभेल, डेस्मन्ड टुटु, जोसेफ ब्रोडस्की, ओक्टाभियो पाज, फ्रेडरिको मायोर, एलाइन टाउराइने, आडोनिस र रवर्ट डार्टोनका विचार संगृहीत यस सिर्जनाले पाठकको सुषुप्त निजत्व र स्वाभिमान बिउँझाएर सशक्तीकरणको चेत र सिर्जनात्मक तनाव दिने भएकैले यसलाई ‘स्वतन्त्रताको आँधी’ भनिएको हो ।

यिनैमध्येका एक सर्जक तथा स्वतन्त्रता सेनानी वाक्लाब हाभेललाई शासकले नजरबन्दमा राखेर उनका प्रकाशनमा प्रतिबन्ध लगाएका थिए। तथापि उनको चेतनालाई नजरबन्द गर्न सकेका थिएनन्। समाजप्रतिको दायित्वले ओतप्रोत हाभेलका भाषण, लेख र साहित्यमा भएका विचारहरू देश बाहिरबाट प्रकाशित भए। कालान्तरमा उनी तत्कालीन चेक रिपब्लिकका राष्ट्रपति समेत बने ।

हाभेलले बट्र्रान्ड रस्सेल, विश्वेश्वरप्रसाद कोइराला, नेल्सन मन्डेला, लेक वालेसा, भिक्टर ह्युगो, लर्ड बाइरन, पाब्लो नेरुदाहरूकै धारमा उभिएर एउटा विचारक जस्तोसुकै परिवेशमा पनि सिर्जनाबाट अलग रहन सक्दैन भन्ने पुष्टि गरिदिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यस शताब्दीका धुरन्धर विचारक युभल नोह हरारीले पनि हाभेलको जस्तै विचार राखेका छन्। हरारीका अनुसार लेखकमा चिन्ता लिने, चिन्तन गर्ने, चुनौती देख्ने सामर्थ्य हुनुपर्छ। यद्यपि हाभेल र हरारीका समयमा स्रष्टाको दायित्व आधारभूत रूपमा फरक छ ।

राजनीति र साहित्यको शक्ति

स्वतन्त्रता र नैसर्गिक मानवत्वको अपहरण हुँदा सबैभन्दा बढी सर्जककै मन दुख्ने हो । उसको संचेतनाको तहले जहिले पनि मानवताको परख गर्दछ र उन्मुक्तिको अभिव्यक्ति दिन्छ । विचार र स्वतन्त्रता थुनिंदा मानव समाज पाशविक अवस्थामा ओर्लन्छ भन्ने बोध गरी त्यहींबाट उन्मुक्तिको खोज गर्नु सर्जकको धर्म हुन्छ ।

हाभेल पनि साम्यवादी समाजमा राजनीतिक विमर्श र निजी स्वतन्त्रता अपहृत हुने र जनमत कुल्चिइने धारणा राख्छन् । अरू धेरै स्वतन्त्रताका पारखीहरू पनि निजत्वको अपहरण गर्ने व्यवस्थाको विरोध गर्छन् ।

संस्कृत चिन्तकहरू हितले सहित भएको कुरा साहित्य भन्दछन्। हित भनेको समृद्धि र रूपान्तरणको मार्ग कल्पना गर्नु हो । त्यसैले स्रष्टाले केही हदसम्म राजनीतिलाई पहरेदारी गर्ने, वास्तविकताबाट विच्छेद हुन नदिने, विचार, वाद र सिद्धान्तभन्दा माथि उठेर मानव अस्तित्व र पहिचान विस्तारका लागि सचेत गराउने हो। वैयक्तिक स्वतन्त्रता, विशिष्टता र पहिचानको रक्षा गर्दै पहेरदारी, सचेत र मार्गदर्शन गर्ने हो ।

हाभेल, नेरुदा, लेक वालेसा, बट्र्रान्ड रस्सेल, विश्वेश्वर कोइरालाहरू स्वतन्त्रताको बिगुल फुक्दाफुक्दै आफैं राजनीतिक नेता पनि बने । केही स्रष्टाहरू व्यवस्थापनको नेतृत्वमा पनि पुगे अनि नीति व्यवस्थापनका अक्षरहरूमा दीनदु:खीहरूको अनुहार राखे ।

अहिले आर्थिक, राजनीतिक र वातावरणीय समस्याहरू गहिरिंदै गएको छ, तर मानिसहरू जिम्मेवारीबाट टाढिंदै छन् । नयाँ शताब्दी शुरू हुनासाथ नयाँ दृष्टिकोणहरू उघ्रिएका छन् । जातीय, सामाजिक तहसोपानहरू भत्किएर नयाँ मानकहरू निर्माण हुने क्रममा छ। यस्तो अवस्थामा स्रष्टाको सक्रिय भूमिका चाहिएको छ । तर स्रष्टाहरू राजनीतिज्ञ जस्ता शक्तिवान् छैनन्। विश्व बदल्ने शक्ति राजनीति हो र यो उसको औपचारिक कर्तव्य पनि हो । कर्मको शक्ति शब्दको शक्तिभन्दा बलियो हुने नै भयो। तथापि आवाज छेकिएको, समय थुनिएको, स्वतन्त्रता चेपिएको र संस्कृति बरालिएको समयमा विचारशक्ति सेना र राजनीतिभन्दा निकै बलवान् हुन्छ। राज्यलाई नैतिक बन्ने दबाब यही शक्तिले दिन्छ। त्यसैले अधिनायकी मन पराउनेहरू शब्दशक्तिलाई मन पराउँदैनन्, थुन्न छेक्न चाहन्छन् ।

२०औं शताब्दी उदार लोकतन्त्रका लागि अभियानरत रह्यो। पहिलो विश्वयुद्ध (सन् १९१४) देखि बर्लिन पर्खाल ढलेको समय (१९८९) सम्म ७५ वर्ष क्रान्ति, जागरण, उदारवाद र विकासको समय रह्यो। पश्चिमी विचारकहरूको आर्थिक वृद्धि, राजनीतिक स्वतन्त्रता र व्यक्तिगत खुशी एकसाथ लैजान सकिन्छ भन्ने मान्यतामा शासकीय अभ्यास गरियो । तर सही नीति छनोट र उपयुक्त शासकीय व्यवहारको अभावमा वञ्चिति र विपन्नतामा पर्दै आएको ठूलो समुदायलाई किनारामा पारियो। उनीहरूकै नाममा थुप्रै क्रान्ति पनि भए र स्वतन्त्रता पनि खोसियो। स्वयं घोषित लोकतान्त्रिक गणतन्त्रहरू अधिनायकवादी भई विकासको नाममा निरंकुशता लाद्ने काम भयो। गैरसाम्यवादी शासकहरूले पनि समृद्धि त दिन्छु भने, तर दिएनन् ।

यति वेला तथाकथित बौद्धिक सर्जकहरू पनि यस विपरीत विचारशक्ति अघि ल्याउन चुके वा यस्ता शासकको अनुचर बने। नेपालमा दरबार र पञ्चायतको गुणगानमा एक हुल सर्जकहरू ‘पञ्चायतको चाहना शान्ति र सिर्जना’ भन्दै अनुचर बने। स्वतन्त्रताका पक्षपातीहरू सडक कविता क्रान्ति मार्फत सडक, भित्ता र अखबारमा विद्रोहका स्वर घन्काइरहे ।

विचारक र शासक एकैसाथ कहाँ चुके भने, उनीहरूले लोकतन्त्रलाई जीवनस्तर र गरीबी निर्मूलनको सापेक्षमा हेरेनन्। संस्था र शासकीय अवसर निर्माणको सापेक्षमा हेरेनन्। लोकतन्त्रका सञ्चालक विच्छेदित आनन्दमा पुगेका वेला बौद्धिक, विचारक र स्रष्टाहरूले नै खबरदारी गर्ने हो। स्रष्टाहरू यहीं चुके ।

कर्मचारितन्त्र सुधारका लागि स्रष्टा

मेक्सिकन कवि ओक्टापियो पाज राजनीति, आर्थिक तथा शासकीय संस्थाहरूको कर्मचारितन्त्रीकरण भएकोमा दुःखी छन्। मुगलकालीन प्रख्यात भारतीय कवि सुरदासले पनि सवा सय वर्षको आयुमा राज्यका तर्फबाट आफूहरूलाई गरिएको अन्यायका विरुद्धमा आक्रामक कविता लेखेका थिए। भानुभक्त आचार्यले कर्मचारितन्त्रको भोलिवादको विरोध गरेका थिए ।

शक्ति, साधन र स्रोतको अभ्यास अनि योग्यता प्रणालीको अहंका कारण कर्मचारितन्त्र सामाजिक सम्बन्धको सूत्र र जनताको सच्चा सहयोगी बन्न सकेन। फाइलको प्रगति र सदरमुकामको शासनमा रमायो । मार्क्सवादी सर्जकहरू पनि राज्यशक्ति ‘नोकरशाह’ को कब्जामा गएकामा दुःखी छन् र यसको विकल्प खोजिरहेका छन्। तर जानीनजानी बलियो कर्मचारितन्त्रको विकास साम्यवादी शासकहरूले नै गरेका हुन् ।

उदारवादीहरू पनि सुशासन र एजेन्सीकरणका विभिन्न विकल्पमा कर्मचारितन्त्र सके जति घटाइरहेका छन्। दुवै प्रकारको शासनले कर्मचारितन्त्रलाई जनमुखी बनाउने आवश्यकता महसूस गरेको छ। र, स्रष्टाहरू कर्मचारितन्त्र सुधारका युद्ध छेडिरहका छन् ।

स्वतन्त्रताको वकालत र असहमतिको प्रकट

स्वतन्त्रताको अर्थ के गर्ने, के खाने, कहाँ लगानी गर्ने र अवसरको प्रक्रियामा कसरी स्वाधीन रहने भन्ने पनि हो। त्यसैले मानव अधिकार अतिक्रमणले मानिस गरीब हुन्छ। स्वतन्त्रता अतिक्रमित भएमा, विचारहरू थोपरिएमा विकासको आधार नै भत्किन्छ ।

अमेरिकी संविधानको घोषणाका वेला यसका निर्मातामध्येका एक थोमस जेफर्सनले भनेका थिए, ‘मानिसको समान सृष्टि भएको छ। मानिसको जीवन स्वतन्त्रता तथा आनन्द खोजी गर्नबाट सरकारले वञ्चित गर्दछ, नाश गर्ने नीति लिन्छ वा स्वेच्छाचारी हुन्छ भने त्यसको स्थानमा अर्को सरकारको स्थापना गर्न पाउने जनताको कर्तव्य तथा अधिकार हो ।’ अफ्रिकी स्वतन्त्रतावादी नेता तथा विचारक डेसमन्ड टुटु विकास लोकतन्त्रमा आधारित हुने बताउँछन्। विश्वेश्वरप्रसाद कोइराला विकासका लागि प्रजातन्त्र नभई नहुने शर्त मान्दछन्। उनले यही विषयमा किताब पनि लेखेका छन् ।

सुप्रसिद्ध भारतीय लेखक अरुन्धती रोयले मोदीकालीन भारतमा हिन्दू राष्ट्रवादी विचारधाराको असरले मुलुक अध्यारो सुरुङमा रहेको र कवि, लेखक, वकील, प्राध्यापकहरू जेलमा रहेको उल्लेख गर्छिन्। भारतीय लोकतन्त्र वैचारिक रूपमा दक्षिणपन्थी र आर्थिक रूपमा कर्पोरेटको कब्जामा भएकोमा उनी चिन्तित छन् । भारतीय विचारक कविता कृष्णनले मोदीले ‘मंगलसूत्र’ को विम्बको मानसिकता र ‘हामी पाँच र हाम्रा २५’ जस्ता कुराको सहारा लिएर सामाजिक सद्‌भावको धज्जी उडाएको उल्लेख गरेकी छन् । अमेरिकी विचारक इमर्सनका अनुसार एउटा विचारक पूर्ण मानव हो, जो निरन्तर सोचिरहन्छ । 

नेपाली लेखक तथा विश्लेषक सौरभले असहमतिका शृंखलाबद्ध पुस्तकहरू प्रकाशन गरेका छन्। समकालीन नेपाली समाजका विसंगति र केही निराशाको बौद्धिक भावना सौरभका असहमति हुन् । असहमति ३ मा उनले नेपाली इतिहास लेखनमा गरिएका अपव्याख्या, नेपाली भूगोल, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रति कडा प्रतिक्रिया दिएका छन्। ज्ञानहरू अर्को पुस्तामा हस्तान्तरण गर्ने क्रममा चेतना, विश्लेषण र विरोधका लागि असहमति वा गुनासोको पुञ्ज प्रस्तुत गरेका छन्। उनका असहमतिहरू चिन्तन, लेखन र दृष्टिकोणका अलग धार हुन् । 

लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचन, वैरागी काइँला, ईश्वर बल्लभ, हरिभक्त कटुवालहरूले पनि असहमति राखेका थिए। विश्वेश्वर, पारिजात, रमेश विकलहरूले पनि शिल्पले छोपेर असहमतिको भुतभुते भुंग्रो पस्केका थिए।

दबिएको स्वरको प्रकट

चर्चा पाउनका लागि बौद्धिक/स्रष्टा बन्नेहरू र स्वार्थका लागि सिर्जना गर्नेहरू सत्यबाट टाढै रहन्छन्। झन् विकास हुँदै गएको कर्पोरेट साहित्य र घोस्ट राइटिङले साहित्यलाई समाजबाट बाहिर लगी बजारतर्फ धकेल्दै छ। सिर्जनाको नाममा सेलिब्रेटी बन्नेहरूलाई यो राम्रो समय हो। प्रविधिको दुरुपयोगले पनि सेलिब्रेटी साहित्य फैलाएको छ। सिर्जना अब मनमस्तिष्कबाट मशिनमा पुग्ने खतरा पनि छ। यही तालमा समाजका पिंधको स्वर कसरी सिर्जिएला ?

युजे पोत्तरको ‘अन्तर्राष्ट्रिय गीत’ क्रान्ति र जागरणका लागि ऊर्जा थियो। यसले स्वतन्त्रता र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई शक्ति प्रदान गरेको थियो । स्रष्टाहरू विचार र वादकै पछि लाग्छन् भन्ने पनि होइन। यद्यपि शासन र समाजको विकृति विरुद्ध आगो दन्काउँछन्। नेपालकै सडक कविता क्रान्ति र राल्फावादी आदोलन दुई विपरीत धारबाट स्वतन्त्रता र न्यायका लागि गरिएका आन्दोलन थिए। राल्फालीहरूले गाउँ गाउँ गएर जागरणका गीत गाए, कविता र कथा लेखे। उनीहरू गाउँ पस्दा दबिएका गाउँलेहरू झुम्मिन्थे, शोषकहरू तर्सिन्थे ।

भारतकी प्रथम शिक्षिका/प्रथम महिला कवि सावित्रीबाई फुले नारी र पुरुषबीचको असमानता, जातीय भेद र साम्पत्तिक असमानतामा विभाजित समाजको विरुद्ध कविता लेख्थिन्। उनको पहिलो कृति काव्य फुलेदेखि राजा बलिको स्तुतिसम्ममा मनुवाद, जातिवाद र लिंगवाद विरुद्ध हुंकार छ। त्यस्तै, विरोधको स्वर पाकिस्तानी हबिब जालिव र फैज अहमद फैजको छ। जालिव सैनिक तानाशाहका विरुद्ध बोल्छन्, फैज गरीब सर्वसाधारणका दबिएको बोली बोल्छन् ।

हिन्दी कवि रमाशंकर ‘विद्रोही’ ले त लेख्ने कलम र कागजमाथि नै विद्रोह गरे। मनमस्तिष्कलाई कविता घर बनाए। पराजित समाजमा थिचिएका स्वरको कविता नलेखी वाचन गरेर विद्रोहको आगो बाल्ने काम गरे। सत्ता र शासनलाई उनका आशुकवित्वले थर्कमान बनाउँथ्यो। जवाहरलाल नेहरू विश्वविद्यालयबाट निकालिएका रमाशंकर दशकौं त्यहींको विद्रोही नागरिक बने। उनको दिमाग कविताका लागि थियो, उनी जागरणका लागि जन्मिएका थिए र विद्रोहमा नै जीवन बिताए । 

नेपालको जयतु संस्कृतम् आन्दोलन जस्तै तर त्योभन्दा शक्तिशाली आन्दोलनको एकल नेतृत्व रमाशंकरले गरे। तर यस्तै सशक्त र फरक धारको विद्रोह गर्न अरू स्रष्टाहरू जागरुक देखिएनन् । जागरण र विद्रोहको स्वच्छन्दतावादी धारामा धेरै स्रष्टाहरूले कलम चलाएका छन्। पर्सी विस शेली स्वच्छन्दता मार्फत मौजुदा समाजको विरोध गर्थे। उनका विद्रोह, राजनीतिक, सामाजिक र आर्थिक संगठन विरुद्ध लक्ष्यित हुन्थे।

प्रेम र प्रकृति, भावना र विम्बमा स्वतन्त्रता र खुशीको नाद रच्ने शेलीले ओड टु द वेस्ट विन्ड मार्फत स्वतन्त्रता, भ्रातृत्व, समानता र मृत्युका आलापहरू ओकलेका छन्। इमिली डिकिन्सनको बोल्ट्स अफ मेलोडीमा रोमाञ्चित विद्रोहको मधुर बयेली छ । माया एन्जुलो, सिल्भिया प्लाथमा पनि विद्रोहको बौद्धिक चेत छ, तर ती सावित्रीबाई फुले झै आगो नभै नारी विद्रोहका सुन्दर शिल्पमा छन् ।

प्रत्यक्ष शासन र जनआन्दोलनमा भनिएको छ, ‘इतिहास चुकेको स्थानमा पनि साहित्य प्रतीक, विम्ब र अलंकारका रूपमा समाजको प्रतिविम्ब उतारिरहेको हुन्छ। समाजका उकुसमुकुस, खुल्दुली, असन्तुष्टि र आक्रोश साहित्यका विभिन्न विधामा छचल्किएको हुन्छ। जसको उद्देश्य सामाजिक रूपान्तरण र मानव सभ्यताको विकास हो ।’ त्यसैले स्रष्टा सामाजिक बौद्धिक हो, जसको मस्तिष्कको विम्ब र मनको भावना प्रकाशित हुँदा विश्व सपाट अनि समृद्ध बन्दछ ।


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १४:५४
#सर्जक
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप लेख/विचार
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य आइतबार, साउन ३, २०८३
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला सोमबार, असार १५, २०८३
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’ बुधबार, असार १०, २०८३
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ?
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ? बिहीबार, जेठ ७, २०८३
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर बुधबार, वैशाख २, २०८३
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण बुधबार, माघ ७, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) वीरगंज सिटी
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP