शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
लेख/विचार
  • गृहपृष्ठ
  • लेख/विचार
  • जब नदी ढलमा परिणत हुन्छ : उपेक्षा र लापरवाहीको सिकार बन्यो सिर्सिया नदी
जब नदी ढलमा परिणत हुन्छ : उपेक्षा र लापरवाहीको सिकार बन्यो सिर्सिया नदी "पछिल्लो समय बालेन सरकारकाे नेतृत्वले नदि सफाई त गराएको छ तर, यसले कतिकाे पुर्णता पाउँछ त्यो भने हेर्न बाँकी नै छ । "
आर्जु शाह
आर्जु शाह शुक्रबार, कात्तिक २७, २०८३
A1 Beakery Add A1 Beakery Add

कुनै समय स्वच्छ, सफा र कलकल बग्ने सिर्सिया नदी आज दुर्गन्धित ढलमा परिणत भएको छ । 

नदीमाथिको पुल पार गर्दा आउने असह्य दुर्गन्ध, आँखै अगाडि देखिने कालो र बाक्लो पानी तथा त्यसले सिर्जना गरेको वातावरणीय अवस्थाले यस नदीको वास्तविक दुर्दशा उजागर गर्छ । पुलबाट नदीतर्फ हेर्दा पानी होइन, मानौँ कालो ढल बगिरहेको अनुभूति हुन्छ । दुर्गन्धबाट बच्न नाक थुन्नुपर्ने र कहिलेकाहीँ साससमेत रोक्नुपर्ने अवस्था भएको छ । यो केवल नदी प्रदूषणको समस्या होइन, नदी किनारमा बसोबास गर्ने हजारौँ नागरिकको दैनिक जीवन, स्वास्थ्य, जीविकोपार्जन र सांस्कृतिक पहिचानसँग जोडिएको गम्भीर विषय हो ।

बारा जिल्लाको जितपुर सिमरास्थित रामवन झाडी क्षेत्रबाट उत्पत्ति भएको सिर्सिया नदी कुनै समय यस क्षेत्रका बासिन्दाको जीवनको महत्वपूर्ण आधार थियो । स्थानीय ज्येष्ठ नागरिकका अनुसार केही दशकअघिसम्म नदीको पानी यति स्वच्छ थियो कि मानिसहरू त्यहीँ नुहाउने, पौडी खेल्ने, लुगा तथा भाँडाकुँडा धुने र खेतबारीमा सिँचाइ गर्ने गर्थे । धार्मिक तथा सांस्कृतिक परम्परासमेत यही नदीसँग जोडिएका थिए । अन्त्येष्टिपछि नदीमा स्नान गर्ने चलनदेखि लिएर विभिन्न धार्मिक अनुष्ठानसम्म नदी कै पानी प्रयोग हुन्थ्यो ।

त्यतिबेला सिर्सिया नदी केवल पानी बग्ने प्राकृतिक स्रोत थिएन, यो स्थानीय समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक जीवनको अभिन्न हिस्सा थियो । नदीमा माछा तथा अन्य जलचर प्राणी पाइन्थे । यसले जलीय जैविक विविधता र पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको थियो । तर आज अवस्था यति भयावह बनेको छ कि नदीमा जलचर जीव देखिन समेत मुस्किल छ । मानिसहरू नदीको पानी प्रयोग गर्न त परै जाओस्, त्यसको नजिक जानसमेत हिचकिचाउने अवस्था छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तराई मधेसको सबैभन्दा महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वमध्ये छठ पर्व पनि नदीसँग गहिरो रूपमा जोडिएको छ । विगतमा नदी किनारमा पुगेर स्थानीय बासिन्दाले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्थे । महिलाहरूले कार्तिक स्नान गर्ने परम्परासमेत यसै नदीसँग जोडिएको थियो । तर नदीको पानी अत्यधिक प्रदूषित भएपछि ती परम्परा क्रमशः हराउँदै गएका छन् । धार्मिक आस्था र पुस्तौँदेखि चलिआएको सांस्कृतिक अभ्यासमाथि समेत प्रदूषणले प्रहार गरेको छ ।सिर्सिया नदीको पानी परवानीपुरसम्म प्राकृतिक रूपमा स्वच्छ देखिए पनि बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा प्रवेश गरेपछि यसको स्वरूप नै परिवर्तन हुन्छ । उद्योग तथा कलकारखानाबाट निस्कने प्रशोधन नगरिएका फोहोर, विषाक्त रासायनिक पदार्थ र औद्योगिक अवशेष सिधै नदीमा मिसाइँदा नदीको पानी कालो, बाक्लो र दुर्गन्धित बन्न पुगेको छ ।

छाला प्रशोधन उद्योग, कपडा उद्योग, साबुन कारखाना, सिमेन्ट उद्योग, फलाम तथा स्टिल उद्योग र घिउ तथा तेल उद्योगबाट निस्कने फोहोरले नदीको प्रदूषण थप गम्भीर बनाएको छ । औद्योगिक फोहोरको उचित प्रशोधन नगरी नदीमा मिसाउने प्रवृत्तिले सिर्सियाको प्राकृतिक स्वरूप र वातावरणीय सन्तुलनलाई ध्वस्त बनाउँदै लगेको छ ।
वीरगंज महानगरपालिकाले सार्वजनिक गरेको सिर्सिया नदीको पानीको गुणस्तरसम्बन्धी तथ्यांकले पनि प्रदूषणको भयावह अवस्था देखाउँछ । २०८० चैत २१ गते विभिन्न चार स्थानबाट संकलन गरिएका पानीका नमुनामा जैविक अक्सिजन माग (बीओडी) करिब ६३ देखि ८६ मिलिग्राम प्रतिलिटर र रासायनिक अक्सिजन माग (सीओडी) करिब ७९ देखि १३७ मिलिग्राम प्रतिलिटर पाइएको थियो । यी सूचकहरूले नदीमा जैविक तथा रासायनिक प्रदूषणको गम्भीर अवस्था रहेको संकेत गर्छन् । पानीमा अक्सिजनको उपलब्धता घट्दा माछा तथा अन्य जलचर जीवको अस्तित्व संकटमा पर्छ र समग्र जलीय पारिस्थितिक प्रणाली प्रभावित हुन्छ ।

नदी प्रदूषणको असर पानीको कालोपन र दुर्गन्धमा मात्र सीमित छैन् । यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव कृषि, माटो, भूमिगत जलस्रोत, पशुपालन र मानव स्वास्थ्यमा समेत पर्न थालेको छ। विगतमा नदीको पानीबाट खेतबारी सिँचाइ गर्ने किसान अहिले त्यसबाट टाढिएका छन् । नदी किनारका खेतमा खेतीपाती गर्नसमेत स्थानीय बासिन्दा हिचकिचाउन थालेका छन् । पशुचौपायालाई समेत नदीको पानी खुवाउन अनुपयुक्त अवस्था सिर्जना भएको छ । स्थानीयस्तरमा प्रदूषित पानीको सम्पर्कमा आउँदा छालामा फोका तथा अन्य समस्या देखिएको गुनासोसमेत सुनिने गरेको छ ।

यसले नदी किनारमा बसोबास गर्ने नागरिकको स्वास्थ्य र जीवनयापनमाथि गम्भीर प्रश्न खडा गरेको छ । अझ चिन्ताजनक पक्ष के हो भने प्रदूषणको असर तत्काल देखिने समस्यामा मात्र सीमित नहुन सक्छ । माटोको गुणस्तर र भूमिगत पानीमा पर्न सक्ने दीर्घकालीन प्रभावबारे पनि गम्भीर अध्ययन र निगरानी आवश्यक छ । सिर्सिया नदी प्रदूषणको प्रमुख कारण उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर भए पनि यसको सम्पूर्ण दोष उद्योगलाई मात्रै दिएर राज्य र स्थानीय सरकारको जिम्मेवारीबाट उम्कन मिल्दैन। उद्योगहरूले आफ्नो उत्पादन प्रक्रियाबाट निस्कने फोहोर तथा रासायनिक पदार्थ प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी र वातावरणीय दायित्व पूरा गर्नुपर्छ। वातावरणीय मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि प्रभावकारी अनुगमन, कारबाही र जरिवानाको व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्छ ।

त्यस्तै, वीरगंज महानगरपालिकाको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ । नगर क्षेत्रका विभिन्न वडाबाट निस्कने फोहोरको उचित व्यवस्थापन, ढल निकासको व्यवस्थित प्रणाली, घरेलु फोहोर तथा प्रशोधन नगरिएको ढल नदीमा मिसिन नदिने व्यवस्था स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्छ । फोहोर संकलन र विसर्जनको भरपर्दो प्रणाली नहुँदा नदीलाई नै सजिलो डम्पिङ स्थलका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको देखिन्छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले पनि नदी संरक्षणका लागि स्पष्ट नीति, प्रभावकारी योजना र नियमित अनुगमनको व्यवस्था गर्नुपर्छ । उद्योगी तथा अन्य प्रदूषकले वातावरणीय कानुन उल्लंघन गरेमा राजनीतिक तथा आर्थिक प्रभावभन्दा माथि उठेर कानुनी कारबाही गर्न सक्नुपर्छ । आवश्यक प्राविधिक सहयोग, वैज्ञानिक अध्ययन र दीर्घकालीन संरक्षण योजनाबिना नदी पुनर्जीवन सम्भव छैन् । पछिल्लो समय बालेन सरकारकाे नेतृत्वले नदि सफाई त गराएको छ तर, यसले कतिकाे पुर्णता पाउँछ त्यो भने हेर्न बाँकी नै छ । 

दिर्घकालिन समाधानका लागी स्थानीय समुदायको भूमिका पनि महत्वपूर्ण छ । नदी प्रदूषणविरुद्ध आवाज उठाउने, अवैध रूपमा फोहोर फाल्ने कार्यको सूचना सम्बन्धित निकायलाई दिने, सरकारी निकायसँग पारदर्शिता र जवाफदेहिताको माग गर्ने तथा वातावरण संरक्षणका अभियानमा सहभागी हुने जिम्मेवारी समुदायको पनि हो । तर समुदायको सहभागितालाई राज्य र उद्योगको जवाफदेहिताको विकल्पका रूपमा लिनु हुँदैन् । सिर्सिया नदीको किनारमा उभिएर स्थानीय ज्येष्ठ नागरिकसँग कुराकानी गर्दा उनीहरूको स्मृतिमा अझै पनि पुरानो सिर्सिया जीवित रहेको महसुस हुन्छ। उनीहरू सम्झन्छन्— कुनै समय यही नदीमा नुहाइन्थ्यो, यही पानीले खेत सिँचाइ गरिन्थ्यो, यहीँ लुगा र भाँडाकुँडा धोइन्थ्यो । महिलाहरू कार्तिक स्नानका लागि नदीमा पुग्थे । नदीसँग जोडिएका ती परम्परा, संस्कार र जीवनशैली अहिले इतिहास र सम्झनामा सीमित भएका छन् ।

आजको सिर्सिया नदी औद्योगिक लापरवाही, कमजोर सरकारी अनुगमन, अव्यवस्थित फोहोर व्यवस्थापन र सामूहिक उदासीनताको परिणाम बनेको छ । यो नदीको मात्र संकट होइन, हाम्रो विकासको अवधारणा र वातावरणप्रतिको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न पनि हो । उद्योग विस्तार र आर्थिक विकासका नाममा प्राकृतिक स्रोतलाई विनाश गर्ने छुट कसैलाई हुन सक्दैन् । सिर्सिया नदीलाई पुनर्जीवित गर्न केवल कालो पानी सफा गरेर वा दुर्गन्ध हटाएर पुग्दैन। त्यसका लागि प्रदूषणको स्रोत नियन्त्रण, उद्योगबाट निस्कने फोहोरको अनिवार्य प्रशोधन, व्यवस्थित ढल तथा फोहोर व्यवस्थापन, प्रभावकारी सरकारी अनुगमन र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक छ ।

नदी सफा हुनु भनेको पानीको रङ परिवर्तन हुनु मात्र होइन। यो नदी किनारका नागरिकको स्वास्थ्य सुरक्षित हुनु, किसानको खेतमा फेरि सिँचाइ पुग्नु, जलचर जीवको पुनरागमन हुनु र पुस्तौँदेखि हराउँदै गएका धार्मिक तथा सांस्कृतिक परम्पराले पुनः जीवन पाउनु पनि हो ।

कुनै समय सिर्सिया नदी यस क्षेत्रका मानिसको जीवन थियो। आज त्यो जीवन कालो पानी र दुर्गन्धभित्र हराउँदै गएको छ । अब प्रश्न उठ्छ—हामी सिर्सिया नदीलाई नदीकै रूपमा फर्काउन चाहन्छौँ कि यसलाई सधैँका लागि ढल बन्न दिनेछौँ ? यसको जवाफ भाषण र प्रतिबद्धतामा होइन, सम्बन्धित निकायको व्यवहार, प्रभावकारी कारबाही र ठोस काममा देखिनुपर्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १४:४८
#सिर्सिया नदी #पर्सा #वीरगञ्ज #वातावरण संरक्षण #ढल व्यवस्थापन #नदी प्रदूषण #नदी संरक्षण #औद्योगिक प्रदूषण #स्वच्छ वातावरण #स्थानीय जनगुनासो
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप लेख/विचार
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य आइतबार, साउन ३, २०८३
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला सोमबार, असार १५, २०८३
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’ बुधबार, असार १०, २०८३
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ?
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ? बिहीबार, जेठ ७, २०८३
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर बुधबार, वैशाख २, २०८३
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण बुधबार, माघ ७, २०८२
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण वीरगंज सिटी
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित)
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित)
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–रक्सौल नाकामा आवागमन सहज,  साँघुरो बाटो खुलाइएपछि यात्रुलाई राहत
वीरगंज–रक्सौल नाकामा आवागमन सहज, साँघुरो बाटो खुलाइएपछि यात्रुलाई राहत वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP