शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
लेख/विचार
  • गृहपृष्ठ
  • लेख/विचार
  • सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार १०, २०८३
A1 Beakery Add A1 Beakery Add

बागमती नदी किनारबाट हटाइएपछि कीर्तिपुरस्थित राधा स्वामी सतसङ होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापित सुकुमवासीहरू फेरि एकपटक अन्योल र चिन्तामा परेका छन् । सरकारले आगामी असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरू भविष्यको बासस्थानबारे चिन्तित बनेका हुन् ।

‘अब त के बोल्नु, हामीले बोलेर पनि पीडा सुनिने होइन रहेछ,’ होल्डिङ सेन्टरमा बस्दै आएकी ५० वर्षीया प्रमीला राईले दुखेसो पोखिन् । युरिक एसिडको समस्याले पीडित उनी केही दिनयता स्वास्थ्य समस्यासँग जुधिरहेकी छन् । त्यसमाथि पाँच दिनभित्र शिविर छाड्नुपर्ने सूचना पाएपछि उनी थप तनावमा परेकी छन् । 

‘मेरी छोरी बिरामी छे, म पनि बिरामी छु । यस्तो अवस्थामा कहाँ जाने ?’ उनले प्रश्न गरिन् । उनका अनुसार मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका पदाधिकारीहरू होल्डिङ सेन्टर पुगेका थिए । सो क्रममा उनीहरूले व्यवस्थापनका लागि प्रत्येक परिवारको बैंक खातामा २५ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिएका थिए ।

तर उक्त रकमले दीर्घकालीन समस्या समाधान नहुने प्रमीला बताउँछिन् । ‘घरमा भएका सामान पनि अब केही बाँकी छैनन् । २५ हजार रुपैयाँले कसरी व्यवस्थापन गर्ने ?’ उनले भनिन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

हाल होल्डिङ सेन्टरमा रहेका परिवारहरू नयाँ बसोबासका लागि कोठा खोज्न व्यस्त छन् । तर आफूहरू सुकुमवासी भएको थाहा पाएपछि घरधनीहरूले कोठा दिन अस्वीकार गरिरहेको उनीहरूको गुनासो छ । ‘उचित व्यवस्थापन नभएसम्म हामी यहाँबाट हट्दैनौँ । बरु प्रहरी, प्रशासन वा सेनाको गोली खान तयार छौँ, तर फेरि बिचल्ली हुने गरी कतै जाँदैनौँ,’ प्रमीला भन्छिन् ।

४५ वर्षीया कृष्णमाया परियारको परिवारमा सात सदस्य छन् । केही समयअघि मात्र उनकी बुहारी सुत्केरी भएकी थिइन् । उनीहरू पनि विभिन्न स्थानमा कोठा खोज्दै हिँडेका छन्, तर सफल भएका छैनन् । ‘धेरै ठाउँमा खोज्यौँ, तर कोठा पाइएन। यत्रो परिवार, त्यसमाथि सुत्केरी बुहारी र सानो बच्चा छन् । अब कहाँ जाने ?’ उनले चिन्तित हुँदै भनिन् ।

सरकारले दिने भनिएको रकमले आवास, खाद्यान्न र बालबालिकाको आवश्यकता पूरा गर्न नसकिने उनको भनाइ छ । २४ वर्षीया अञ्जलीकुमारी पासवानले पनि पुनः विस्थापनको त्रास झेलिरहेकी छन् । थापाथलीबाट हटाइनुअघि प्राप्त अल्टिमेटम सम्झँदै उनी भावुक बनिन् ।

‘त्यो रात जति डर लागेको थियो, हिजो पनि त्यस्तै भयो । अचानक सूचना आयो, अब फेरि कहाँ जाने भन्ने केही थाहा छैन,’ उनले भनिन् । सात सदस्यीय परिवार भएकी अञ्जलीले पनि सुकुमवासी भएकै कारण कोठा नपाएको गुनासो गरिन् । उनलाई सरकारले तीन महिनासम्म भाडा दिएर त्यसपछि बेवास्ता गर्ने हो कि भन्ने चिन्ता पनि छ । ‘यहाँबाट हटाएपछि तीन महिनापछि फेरि पैसा आउँछ कि आउँदैन, कुनै निश्चितता छैन,’ उनले भनिन् ।

होल्डिङ सेन्टरमै बस्दै आएका ७५ वर्षीय विष्णुले भने सरकारले यसपटक दिगो व्यवस्थापन गर्ने अपेक्षा व्यक्त गरे । ‘हामीलाई बिचल्ली नपार्नुस्। अब तपाईंहरूकै भरोसामा छौँ । अघिल्ला सरकारले धेरै पटक वाचा गरेर पनि पूरा गरेनन्। यसपटक भने त्यो दोहोरिनु हुँदैन,’ उनले आग्रह गरे ।

सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारहरूलाई असार १२ गतेभित्र शिविर खाली गर्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यसमिति अध्यक्ष आनन्द सिंह भाटले यो निर्णय नयाँ नभएको र यसबारे पहिलेदेखि नै जानकारी गराइएको बताए ।

उनका अनुसार वास्तविक भूमिहीन तथा सुकुमवासीको पहिचान गरी तीन महिनाभित्र दीर्घकालीन व्यवस्थापनको योजना कार्यान्वयन गरिनेछ । ‘यदि तीन महिनाभित्र काम सम्पन्न हुन सकेन भने सरकारले थप विकल्पहरू पनि अघि सार्नेछ,’ उनले बताए ।

यद्यपि होल्डिङ सेन्टरमा रहेका परिवारहरू भने स्पष्ट र दिगो व्यवस्थापनको सुनिश्चितता नहुँदासम्म शिविर नछाड्ने अडानमा छन् ।


प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १६:५६
#काठमाडौं #नेपाल समाचार #कीर्तिपुर #भूमिहीन #सुकुमवासी #विस्थापित परिवार #राधा स्वामी सतसङ होल्डिङ सेन्टर #बागमती सभ्यता #प्रमीला राई #कृष्णमाया परियार #अञ्जली पासवान #आवास संकट #बागमती नदी किनारा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप लेख/विचार
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य आइतबार, साउन ३, २०८३
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला सोमबार, असार १५, २०८३
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ?
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ? बिहीबार, जेठ ७, २०८३
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर बुधबार, वैशाख २, २०८३
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण बुधबार, माघ ७, २०८२
मधेश प्रदेशमा सरकार गठन विवाद : उपधारा (२) कि उपधारा (३) ?
मधेश प्रदेशमा सरकार गठन विवाद : उपधारा (२) कि उपधारा (३) ? सोमबार, कात्तिक २४, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय प्रहरीको नियन्त्रणमा
लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय प्रहरीको नियन्त्रणमा वीरगंज सिटी
तरकारी बोकेको पिकअपमा ५७० किलो गाँजा, चालक फरार
तरकारी बोकेको पिकअपमा ५७० किलो गाँजा, चालक फरार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
जिराभवानी–४ सुपौलीमा जलयात्रासँगै नवदुर्गा पूजा र नवरात्रि मेलाको शुभारम्भ
जिराभवानी–४ सुपौलीमा जलयात्रासँगै नवदुर्गा पूजा र नवरात्रि मेलाको शुभारम्भ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP