शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #बैंकिङ कसूर
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #डिजिटल बैंकिङ
  • #मोबाइल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
यहाँ खोज्नुहोस्
your add here your add here
लेख/विचार
  • गृहपृष्ठ
  • लेख/विचार
  • दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असार १५, २०८३
A1 Beakery Add A1 Beakery Add

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपाल र भारतबीच सीमा विवाद रहेको स्वीकार गर्दै केवल भारतले मात्र नेपालको भूभाग नमिचेको नभई केही स्थानमा नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको अवस्था रहेको अभिव्यक्ति दिएपछि सीमा विवादको विषय फेरि राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ ।

यसअघि गत साता परराष्ट्रमन्त्री शिशिर खनालले पनि संसद्मा नेपाल र चीनबीच केही स्थानमा सीमा विवाद रहेको स्वीकार गर्दै उत्तरी सीमामा गतिविधि कम भए पनि सीमा सम्बन्धी समस्या पूर्ण रूपमा समाप्त नभएको बताएका थिए । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका यी अभिव्यक्तिले नेपालका दुवै छिमेकी भारत र चीनसँग रहेका सीमा सम्बन्धी विषयलाई नयाँ ढंगले कूटनीतिक माध्यमबाट उठाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ ।

नेपाल र भारतबीच करिब एक हजार आठ सय किलोमिटर लामो खुला सीमा रहेको छ । सरकारी तथ्यांकअनुसार वैज्ञानिक प्रविधिबाट अधिकांश सीमाको नापजाँच, सीमाङ्कन तथा सीमा स्तम्भ स्थापना सम्पन्न भइसकेको छ भने करिब ९८ प्रतिशत क्षेत्रमा दुवै देशका प्राविधिक र विज्ञहरूको उपस्थितिमा सीमाङ्कनको काम सम्पन्न भएको छ । नदी कटान, नदीको बहाव परिवर्तन तथा प्राकृतिक कारणले केही स्थानमा सीमा स्तम्भ पुनःस्थापनाको काम बाँकी रहेको बताइन्छ । परराष्ट्र मन्त्रालयका अनुसार सीमा स्तम्भ पुनर्निर्माण, सीमाक्षेत्रमा देखिएका अतिक्रमणका समस्या तथा सीमापार गतिविधिलगायतका विषयमा नेपाल–भारत संयुक्त संयन्त्रमार्फत छलफल भइरहेको छ र लामो समयदेखि रोकिएको प्राविधिक प्रक्रिया पुनः सञ्चालनमा आएको छ ।

नेपाल–भारत सीमा विवाद विशेषगरी सन् २०२० मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक भएपछि थप चर्चामा आएको थियो । त्यसअघि नेपालको आधिकारिक नक्सामा ती भूभाग समेटिएको थिएन । सीमा विवादको विषयमा विभिन्न राजनीतिक दल, कूटनीतिज्ञ, विश्लेषक तथा बुद्धिजीवीबीच फरक–फरक धारणा रहँदै आएका छन् । कतिपयले सीमा विवादलाई भावनात्मक राष्ट्रवादभन्दा तथ्य, प्रमाण र कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पूर्व गृहमन्त्री विश्वबन्धु थापाले विगतमा दिएको एक अन्तर्वार्तामा सन् १९६२ को भारत–चीन युद्धका क्रममा कालापानी क्षेत्र भारतका लागि रणनीतिक रूपमा महत्वपूर्ण बनेपछि भारतीय सेना त्यहाँ बसेको बताएका थिए । उनका अनुसार युद्धपछि भारतले तत्कालीन नेपाली राजदूतमार्फत राजा महेन्द्रसँग उक्त क्षेत्र केही समयका लागि प्रयोग गर्न अनुमति मागेको थियो र आपसी समझदारीका आधारमा भारतीय सेना त्यहाँ बसेको दाबी गरेका थिए । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय ऐतिहासिक तथ्य, नक्सा र प्रमाणका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गरेका थिए । यद्यपि यी दाबीहरू विभिन्न ऐतिहासिक अभिव्यक्तिमा आधारित छन् र नेपाल तथा भारतबीच यस विषयमा आधिकारिक सहमति हुन सकेको छैन ।

नेपाल र चीनबीच करिब एक हजार चार सय किलोमिटर लामो सीमा रहेको छ । सोलुखुम्बु, संखुवासभा, दोलखा, रसुवा, गोरखा, सिन्धुपाल्चोक, हुम्ला तथा दार्चुलालगायतका केही जिल्लामा सीमा सम्बन्धी विवाद र अतिक्रमणका विषय बेला–बेलामा सार्वजनिक हुँदै आएका छन् । नेपाल–चीन संयुक्त सीमा विज्ञ समूहको अन्तिम बैठक सन् २००६ मा काठमाडौंमा बसेको थियो । त्यसपछि संयुक्त निरीक्षण तथा सीमा सम्बन्धी प्रोटोकललाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्न सकेको छैन । हालै बेइजिङमा सम्पन्न संयुक्त विज्ञ समूहको बैठकमा नेपालले संयुक्त सीमा निरीक्षण पुनः सञ्चालन गर्ने प्रस्ताव राखे पनि चिनियाँ पक्षले थप अध्ययन आवश्यक रहेको जनाउँदै तत्काल सहमति जनाएको थिएन ।

नेपाल र चीनबीच सन् १९६१ मा सीमा सन्धि र सन् १९६३ मा सीमा प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसपछि सन् १९७९, १९८८ र २००६ मा विभिन्न चरणमा सीमा व्यवस्थापन सम्बन्धी सहकार्य अघि बढाइएको थियो । चीनले सीमा व्यवस्थापन सम्बन्धी नयाँ मस्यौदा नेपाललाई उपलब्ध गराइसकेको भए पनि नेपालले त्यसलाई हालसम्म अनुमोदन गरेको छैन । उक्त मस्यौदामा सीमा सम्बन्धी संयुक्त आयोग तथा प्रतिनिधि समिति गठन गर्ने प्रस्ताव समावेश रहेको बताइन्छ ।

विगतका वर्षहरूमा चीनसँग जोडिएका केही सीमाक्षेत्रमा अतिक्रमण, सीमा स्तम्भ हराउने, अस्थायी संरचना निर्माण हुने तथा नेपाली भूभागमा गतिविधि भएको भन्ने आरोप विभिन्न राजनीतिक नेता, स्थानीय प्रतिनिधि तथा सञ्चारमाध्यममार्फत सार्वजनिक हुँदै आएका छन् । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लाका केही क्षेत्रमा चिनियाँ पक्षबाट अतिक्रमण भएको दाबी गरेका थिए भने गोरखा, दोलखा, संखुवासभा र सिन्धुपाल्चोकका केही सीमाक्षेत्रबारे पनि यस्ता विषय समय–समयमा उठ्दै आएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले समेत आफ्नो प्रतिवेदनमा पश्चिम तथा सुदूरपश्चिमका केही सीमाक्षेत्रबारे अध्ययन गरी आवश्यक कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको थियो ।

सीमा सम्बन्धी विषयमा विभिन्न पूर्वसरकारी अधिकारी, राजनीतिक नेता तथा लेखकहरूले आफ्ना पुस्तक र अभिव्यक्तिमार्फत पनि फरक–फरक दाबी गर्दै आएका छन् । यद्यपि ती दाबीहरू सबै सरकारी आधिकारिक निष्कर्ष भने होइनन् । नेपाल सरकारले भने भारत र चीन दुवैसँग सीमा सम्बन्धी विषयलाई वार्ता, संयुक्त निरीक्षण र कूटनीतिक संवादमार्फत समाधान गर्ने नीति लिँदै आएको छ ।

कुटनीतिज्ञ र अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूका अनुसार नेपालले भारत र चीन दुवै छिमेकीसँग रहेका सीमा विवादलाई भावनात्मक बहसभन्दा तथ्य, प्रमाण र कूटनीतिक माध्यमबाट समाधानतर्फ अघि बढाउनुपर्ने आवश्यकता छ । दुई विशाल छिमेकी राष्ट्रबीच अवस्थित नेपालले सीमा विवाद समाधानसँगै आर्थिक विकास, क्षेत्रीय सहकार्य र सन्तुलित विदेश नीतिलाई समान प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १२:३९
#प्रतिनिधिसभा #शिशिर खनाल #नेपाल समाचार #नेपाल–भारत सीमा #परराष्ट्र मन्त्रालय #सीमा विवाद #लिम्पियाधुरा #लिपुलेक #कालापानी #कूटनीतिक वार्ता #प्रधानमन्त्री बालेन्द्र शाह #नेपाल–चीन सीमा #सीमा स्तम्भ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप लेख/विचार
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य आइतबार, साउन ३, २०८३
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’ बुधबार, असार १०, २०८३
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ?
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ? बिहीबार, जेठ ७, २०८३
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर बुधबार, वैशाख २, २०८३
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण बुधबार, माघ ७, २०८२
मधेश प्रदेशमा सरकार गठन विवाद : उपधारा (२) कि उपधारा (३) ?
मधेश प्रदेशमा सरकार गठन विवाद : उपधारा (२) कि उपधारा (३) ? सोमबार, कात्तिक २४, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
दुर्गा प्रसाईंलाई प्रहरीले फेरि नियन्त्रणमा लियो
दुर्गा प्रसाईंलाई प्रहरीले फेरि नियन्त्रणमा लियो वीरगंज सिटी
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आउँदो चुनावमा  तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति  ?
आउँदो चुनावमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति ? वीरगंज सिटी
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP