यू–१९ विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
आरोन जर्जको शानदार शतकीय पारीको सहयोगमा भारतले लक्ष्य सहजै पछ्याउँदै जित हात पारेको हो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३१० रनको विशाल योगफल तयार पारेको थियो ।
३११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि आरोन जर्जले शतक पूरा गरे भने वैभव सूर्यवंशी र कप्तान आयुष म्हात्रेले अर्धशतकीय योगदान दिए । भारतीय टोलीले ४१ दशमलव १ ओभरमै तीन विकेटको क्षतिमा ३११ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्यो ।
यस जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतले शुक्रबार इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।