राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको तथा अन्य महत्वपूर्ण विधेयक वा कार्यसूची नभएका कारण सरकारले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।
चालु अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएका छन् भने सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको छ ।