नेपाली राष्ट्रिय क्रिकेट टिम ले शनिबार बिहान वानखेडे स्टेडियम मा अभ्यास गरेको छ । नेपालले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ अन्तर्गत आइतबार दुई पटकको च्याम्पियन वेस्ट इन्डिज क्रिकेट टिम सँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘सी’ मा रहेको नेपालले हालसम्म खेलेका दुई खेलमा पराजय व्यहोरेको छ ।
वार्मअपका लागि फुटबल खेलेपछि टोलीले नेट अभ्यास गरेको थियो । टोलीको प्रशिक्षण मुख्य प्रशिक्षक स्टुवार्ट ल र बलिङ प्रशिक्षक इभान हार्भे ले गराएका थिए । प्रतियोगितामा आफ्नो चुनौती कायम राख्न नेपालले वेस्ट इन्डिजविरुद्ध जित निकाल्नुपर्ने दबाबमा छ ।
नेपाल पहिलो खेलमा इंग्ल्यान्ड क्रिकेट टिम सँग पराजित भएको थियो भने दोस्रो खेलमा इटाली क्रिकेट टिम विरुद्ध पनि हार व्यहोरेको थियो ।
नेपाली टोलीका प्रमुख खेलाडी आरिफ सेख ले इटालीसँगको हार बिर्सेर वेस्ट इन्डिजविरुद्ध राम्रो प्रदर्शन गर्ने बताएका छन् ।