आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली ले वेस्ट इन्डिज क्रिकेट टोली विरुद्धको खेलमा पहिले ब्याटिङ सुरु गरेको छ ।
भारतको मुम्बई स्थित वानखडे स्टेडियम मा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपालले जारी विश्वकपमा समूह चरणअन्तर्गत तेस्रो खेल खेलिरहेको छ ।
समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल यसअघि इङ्ल्यान्ड क्रिकेट टोली र इटाली राष्ट्रिय क्रिकेट टोली सँग पराजित भएको थियो ।
वेस्ट इन्डिज दुईपटकको टी–२० विश्वकप विजेता टोली हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप उपाधि जितेको थियो ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । ललित राजवंशी को स्थानमा सोमपाल कामी लाई टोलीमा समेटिएको छ ।
नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन् ।
वेस्ट इन्डिजको प्लेइङ–११
शाइ होप, ब्रान्डन किंग, सिम्रोन हेटमायर, रोस्टन चेस, रोभम्यान पावेल, शरफेन रदरफोर्ड, जेसन होल्डर, म्याथ्यु फोर्डे, गुडाकेश मोटी, अकिल होसेन र शमर जोसेफ रहेका छन् ।