त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट गाँजासहित चार जना भारत का नागरिक पक्राउ परेका छन् ।
शुक्रबार बिहान ६ः३० बजे Air India को उडानमार्फत दिल्ली बाट काठमाडौँ आएका तथा बिहान Air Arabia को उडानमार्फत सारजहा हुँदै काठमाडौँ आएका यात्रुहरूलाई विमानस्थलमा सादा पोशाकमा खटिएका प्रहरी तथा लागू औषध नियन्त्रण ब्युरो को टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोहद जुनैद, समिना अख्तार, बैग मिर्जा र अफ्सना अमिर हुस्सेन रहेका छन् । दिल्लीबाट आएका मोहद जुनैदको साथबाट ३ किलो ८७० ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, एयर अरबीयाको उडानमार्फत आएका अफ्सना अमिर हुस्सेन सेख र समिना अख्तार बैग मिर्जाको साथबाट ७ किलो ४ सय ग्राम गाँजा बरामद गरिएको छ ।
त्यसैगरी शुक्रबार दिउँसो १ः१५ बजे Malaysia Airlines को उडानमार्फत थाइल्याण्ड बाट मलेसिया हुँदै काठमाडौँ आएका भारतीय नागरिक शाहजेब अहमेदलाई चेकजाँचका क्रममा ३ किलो ३ सय ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।